पाकिस्तानविरुद्धको टी- २० सिरिजमा न्यूजील्याण्डको लगातार तेस्रो जित

No ads found for this position
No ads found for this position

काठमाडौँ- न्यूजील्याण्डले पाकिस्तानविरुद्धको टी- २० सिरिज २ खेल अगाडी नै जितेको छ । जारी ५ खेलको सिरिजमा न्यूजील्याण्डले लगातार तीन खेल जितेर सिरिज कब्जा गरको हो ।

बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा न्यूजील्याण्डले पाकिस्तानलाई ४५ रनले पराजित गरेको छ ।

न्यूजील्याण्डले दिएको २२५ रनको लक्ष्य पछाएको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै १७९ रन मात्र बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले सर्बाधिक ५८ रन बनाए भने मोहमद नवाजले २८ तथा मोहमद रिजवानले २४ रनको योगदान दिएका थिए ।

त्यसैगरी न्यूजील्याण्डका बलर टिम साउथीले २ विकेट लिए भने माट हेनरी, लुकी फर्गुसन, मिचेल सान्टनर तथा इश सोढ़ीले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाउदै २२४ रन बनाएको थियो । न्यूजील्याण्डका लागि फिन एलेनले आक्रामक ब्याटिंग गर्दै ६२ बलमा १३७ रनको शानदार पारी खेलेका थिए । त्यस्तै टिम सेइफेर्टले ३१ रन बनाए भने ग्लेन फिलिपले १९ रन बनाएका थिए ।

त्यस्तै पाकिस्तानका बलर हरिस राउफले २ विकेट लिए भने कप्तान शाहिन शाह अफ्रिदी, जमान खान, मोहमद नवाज र मोहमद वासिमले एक एक विकेट लिएका थिए ।

यो जितपछि न्यूजील्याण्ड ५ खेलको सिरिजमा ३-० ले अगाडी भएको छ । अब सिरिजको चौथो खेल आगामी शुक्रबार हुने तालिका रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *