प्रधानमन्त्री कप: आज ३ खेल हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज तीन खेल हुदैँ छन् ।

आज भैरहवा क्रिकेट मैदानमा कर्णाली प्रदेस र सुदूरपश्चिम प्रदेशबीच खेल हुदैँछ ।

कर्णाली र सुदूरपश्चिम दुवैले आ–आफ्नो पहिलो खेलमा जित हासिल गरेर आज दोस्रो खेल खेल्ने छन् । पहिलो खेलमा कर्णालीले गण्डकी प्रदेशलाई पराजित गरेको थियो भने सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पराजित गरेको थियो ।

त्यस्तै आज अर्को खेल त्रिभुवन विश्वबिधालय खेल मैदान, किर्तिपुरमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच हुने छ । कोशी प्रदेशले यसअघिका आफ्ना दुवै खेलमा हार बेहोरेको छ भने पुलिस क्लबले आफ्नो पहिलो खेल जितेको छ ।

त्यसैगरी आज तेस्रो खेल बागमती प्रदेश र मधेश प्रदेशबीच मुलपानी क्रिकेट मैदानमा हुदैँछ । बागमती प्रदेशले आफ्ना यस अघिका दुवै खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशले आफ्ना २ खेलमा एक जित र एक हार बेहोरेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *