इजरायली हमलामा परी गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

No ads found for this position
No ads found for this position

गाजा- इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीले ज्यान गुमाएका छन्।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३ हजार प्यालेस्टाइनी मारिएका छन् ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलसँगको युद्ध सुरु भएदेखि गाजामा कम्तिमा २३ हजार ८४ मानिस मारिएको तथ्यांक सार्बजनिक गरेको हो ।

एक विज्ञप्तिमा मन्त्रालयले विगत २४ घण्टामा २ सय ४९ जनाको मृत्यु भएको र ३ महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९ सय २६ जना घाइते भएकोसमेत जनाएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *