बरहथवा घटना: साहको शव सडकमै, पीडित परिवारले गराए बजार र यातायात बन्द

No ads found for this position
No ads found for this position

काठमाडौं- सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहका परिवार तथा आफन्तले बजार र यातायात बन्द गराएका छन्।

उनीहरुले सडकमा टायर बालेर बजार र यातायात बन्द गराएका हुन्। आज बिहानैदेखि प्रहरी प्रशासन र सरकारविरुद्ध नाराबाजी पनि भइरहेको छ।

प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने-नगर्ने विषयमा विवाद चर्केपछि ५ दलले आह्वान गरेको आन्दोलन उग्र बनेपछि शुक्रबार प्रहरीले गोली चलाएको थियो।

गोली लागेर सर्लाही होटलका सञ्चालक साहको मृत्यु भएको हो। साहको शव अझै घटनास्थलमै छ। पीडित परिवारले साहलाई सहिद घोषणा, गोली चलाउने र मेयरलाई कारबाही गर्नुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० बेडमा स्तरोन्नति गर्नु पर्नेसहितका ८ बुँदे माग राखेका छन्।

गृह मन्त्रालयले घटनाको छानबिन गर्न सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन र मृतक परिवारलाई १० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *