निषेधाज्ञा तोड्दै सर्लाहीका विभिन्न ठाउँमा प्रदर्शन, यातायात ठप्प

No ads found for this position
No ads found for this position

सर्लाही- स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्दै सर्लाहीको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ।

सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर जयशंकर साहको मृत्युको विरोधमा प्रदर्शन भएको हो।

मृत्युको विरोधमा आक्रोशित युवाहरु शनिबार बिहानैदेखि बरहथवा, मलंगवा, सलेमपुर, कविलासी, गौर लगायतका बजारमा विरोध प्रदर्शन गरिरहेका छन्। बाटोमा टायर बालेर प्रदर्शन गर्दा बिहानैदेखि मलंगवा नवलपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन।

बरहथवा क्षेत्रमा पनि सवारी आवागमन ठप्प नै छ। आक्रोशित स्थानीयले मृतक युवाको शव शुक्रवार साझैंदेखि घटनास्थलबाट उठाउन दिएका छैनन्। स्थानीय प्रशासनले भिडभाड तथा विरोध प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको छ। आजसम्मका लागि जारी गरिएको निषेधाज्ञा आइतबारसम्मका लागि लम्बिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *