भारतको बाटो हुँदै नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ
![भारतको बाटो हुँदै नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ](https://www.nagarikpress.com/wp-content/uploads/2023/12/nepali-russian-army.jpg)
काठमाडौं- नेपाली युवलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति प्रक्राउ परेका छन् ।
पछिल्लो केही दिनदेखि प्रहरीले चलाएको अपरेसनका क्रममा गिरोहका १२ जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मनिष न्यौपाने, ईश्वर अधिकारी, गोकर्ण अर्याल, दिपेन परियार, क्षितिज गिरी, सुवास लामा, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् ।
उनीहरुमाथि नेपाल र भारतको बाटो हुँदै अवैध रुपमा रुसी सेनामा नेपाली युवालाई पठाएको आरोपमा पक्राउ गरिएको हो ।
रुसी सेनामा जान युवा खोज्ने, कागजात मिलाइदिनेदेखि लिएर भिजिट भिसा मिलाउनेसम्मका गतिविधिमा उनीहरूको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।
अवैधरुपमा रुसी सेनामा गएका ६ जना नेपाली युवाले ज्यान गुमाइसकेका छन् ।