प्रेसिडेन्सियल बिजनेस कन्क्लेभको निष्कर्ष-‘समृद्ध मुलुकको लागि सूचना प्रविधिमा लगानी अपरिहार्य’

No ads found for this position
No ads found for this position

काठमाडौं- विश्वबजारमा निकै लोकप्रिय बनेको सूचना प्रविधि सम्बन्धि व्यवसायलाई उच्च्तम प्रयोग गर्न सकिएमा नेपालले पनि मनग्य फाइदा लिनसक्ने यस क्षेत्रका जानकारहरुले बताएका छन् ।

प्रेसिडेन्सियल विज्नेस स्कुल र राष्ट्रिय सफ्टवयर तथा सूचना प्रविधि संघ (नास्ट आइटी) ले संयुक्त रुपमा राजधानीमा आयोजना गरेको ‘प्रेसिडेन्सियल बिज्नेस कन्क्लेभ २०२३’ मा बोल्ने वक्ताहरुले हरेक नागरिकले सूचना प्रविधिको प्रयोगलाई अनिवार्य रुपमा आत्मसात गर्नुपर्नेमा जोड दिए ।

पछिल्ला दिनहरुमा मुलुकले सूचना प्रविधि सम्बन्धि व्यवसायबाट अर्बौं रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएकोले स्पष्ट नीति र कार्यक्रम बनाउने हो भने यसको दायरा निकै फराकिलो बनाउन सकिनेमा बक्ताहरुले जोड दिए ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले सूचना प्रविधिको प्रयोगलाई जनस्तरसम्म पुर्‍याउन सरकार, यस विषयको पढाइ सञ्चालन गरिरहेका शैक्षिक संस्था र सूचना प्रविधिसँग सम्बन्धित संस्थाहरुले संयुक्त रुपमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।

सरकारकाले स्पष्ट नीति र जनस्तरमा चेतनाको अभावका कारण सूचना प्रविधिको क्षेत्रले उल्लेख्य प्रगति गर्न नसकेको भन्ने सहभागीको गुनासालाई सम्बोधन गर्दै दत्तले सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमै सूचना प्रविधिको विकासका सम्बन्धमा व्यवस्था गरेको र सोही अनुसार नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए ।

विगतमा मन्त्रालयको तर्फबाट सूचना प्रविधि सम्बन्धि विधेयक बनाएर संसदमै दर्ता गरेपनि विविध कारणले रोकिएको जानकारी गराउँदै दत्तले भने, ‘यही विषयमा हामी फेरि यस क्षेत्रका सरोकारवालासँगको छलफलमा छौं । सरकार र निजी संस्था मिलेर यो क्षेत्रको विकास गर्नुपर्छ ।’

स्वदेशमै बसेर सूचना प्रविधिसँग सम्बन्धित विदेशी संस्थामा काम गर्ने वातावरण बनेको बताउँदै दत्तले अब भने स्वदेशमै सूचना प्रविधि संस्था खोलेर विदेशम गएका जनशक्तिलाई समेत स्वदेश फर्काउन अभियान सञ्चालन गर्नुपर्ने बताए ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्का डिन डा. मनीष पोखरेलले सूचना प्रविधिको विकासको लागि शैक्षिक संस्थाको पाठ्यक्रममा पनि सुधार गर्नुपर्ने बताए ।

अहिले विद्यार्थीको चाहना र शिक्षकको पढाउने शैलीमा एकरुपता नरहेको बताउँदै पोखरेलले भने, ‘हामीले शिक्षाबाट के सिक्यौ ? र शिक्षकले कसरी पढाइरहेका छन् भन्ने विषयमा गम्भिर भएर सोंच्ने बेला भएको छ । अहिले बनाएको पाठ्क्रम पाँच वर्षपछि काम नलाग्ने हुन्छ भन्नेतर्फ यस क्षेत्रका जानकारहरुले ध्यान दिनुपर्छ ।’

आयोजक संस्था प्रेसिडेन्सियल बिज्नेस स्कुलका प्राचार्य कल्पना गुरुङले सूचना प्रविधिको क्षेत्रमा अब्बल जनशक्ति उत्पादन गर्न शैक्षिक संस्था र यस क्षेत्रमा कार्यरत रोजगार प्रदायक कम्पनीबीचको सहकार्य अनिवार्य रहेको बताए ।

विद्यार्थीलाई पढाइ र सिप सँगसँगै सिकाउन आफूहरुले सूचना प्रविधिसँग सम्बन्धित थुप्रै संस्थासँग सहकार्य गरिरहेको जानकारी गराउँदै गुरुङले यो सहकार्यलाई अझै बलियो बनाउन तयार रहेको बताए ।

सूचना प्रविधिको क्षेत्रमा भएको विकासकै कारण काठमाडौंमा बसेर थुप्रै विदेशी संस्थामा रोजगारी गरिरहेको र यसबाट राज्यले वार्षिक अर्बौ रुपियाँ राजस्व सङ्कलन गर्न सफल भएको गुरुङले जानकारी दिए । सरकारी तथ्याङ्क अनुसार गतवर्ष सूचना प्रविधि सम्बन्धि वयवसायबाट सरकारले ६७ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको थियो ।

कार्यक्रममा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक सुरेश मानन्धरले उच्च शिक्षा प्रदायक शैक्षिक संस्थाहरुले सूचना प्रविधि सम्बन्धि विषयलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

विद्यार्थीलाई पढाइसँगै रोजगारी बजारमा पनि आवद्ध गराउनुपर्ने र प्रमाणपत्र हातमा परेपछि तत्काल रोजगारीमा जानसक्ने गरि सक्षम तुल्याउनुपर्ने उनले बताए । शिक्षकले विद्यार्थीलाई पढाउने परम्परागत प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको पनि मानन्धरले बताए ।

नास्ट आइटीका अध्यक्ष रिचन श्रेष्ठले सूचना प्रविधिको पढाइ सकाएका विद्यार्थीलाई रोजगारीमा लगाउँदा फेरि तालिम दिनुपर्ने र यसले अनावश्यक व्ययभार थपिने गरेको गुनासो गरे ।

‘सूचना प्रविधिको पढाइ सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरुले विद्यार्थीलाई पढाइकै क्रममा यस्तो तालिम दिने हो भने हामीलाई पनि कम व्यवभार पर्छ र विद्यार्थीले पनि पढाइको क्रममा अल्छि महशुस गर्दैनन्’ श्रेष्ठले भने, ‘सूचना प्रविधि सम्बन्धि विषयको पढाइ सञ्चालन गर्ने संस्थाहरु एकीकृत भएर आउने हो भने यस्ता विषयमा संयुक्त रुपमा अभियान सञ्चालन गर्न सकिन्छ ।’

अनौपचारिक तथ्याङ्क अनुसार मुलुकमा हरेक वर्ष दश हजार युवा सूचना प्रविधिको पढाइ सकेर रोजगारी बजारमा जान्छन् । तर विद्यार्थीहरु क्याम्पस गएपछि पढाईमा मात्रै घोत्लिनुपर्ने बाध्यताका कारण पढ्दै काम पनि गर्न पाउनुपर्ने अवसरबाट बञ्चित हुनुपरेको सूचना प्रविधिसँग सम्बन्धित संस्था लिपफ्रगका कैलाश विजयानन्दले बताए ।

कार्यक्रममा सूचना प्रविधिविज्ञ कुमार पुडासैनी, हिमालय कक्षपति, शितल महर्जन लगायतले अबको विश्व बजारमा प्रतिस्पर्धा गर्ने हो भने सूचना प्रविधिको क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्ने बताए ।

कार्यक्रममा सूचना प्रविधिको विकासको लागि रुपान्तरणकारी सिकाइ प्रणालीको विकास गर्नुपर्ने, सूचना प्रविधिको भविष्य तथा जनशक्तिको आउट सोर्सिङको प्रभावकारिता तथा यसको लागि नीतिगत व्यवस्थाका बारेमा प्यानल छलफल भएको थियो।

आयोजक संस्था प्रेसिडेन्सियल बिज्नेस स्कुलका सूचना प्रविधि कार्यक्रमका निर्देशक डा. शुरेस पोखरेलले सूचना प्रविधिको पढाइ सञ्चालन गर्ने शैक्षिक संस्था र यस क्षेत्रसँग सम्बन्धित रोजगार प्रदायक संस्थाबीच समन्वय गर्न सकिएमा गुणात्मक विकास गर्न सकिने बताए ।

सन् २०११ मा स्थापना भएको प्रेसिडेन्सियल बिज्नेस स्कुलले स्नातक तहमा बीबीए, बीबीए सिएसआइटी तथा स्नातकोत्तर तहमा एमबीए, एमबीबए डाटा एनालिस्ट, एमबीए आइटी र एमएस्सी आइटी विषयको पढाइ सञ्चालन गरिरहेको छ ।

कलेजका अध्यक्ष लक्ष्मण केसीले रोजगार प्रदायक संस्थाबीच समन्वय गराएर पढाइने हुनाले आफ्नो संस्थाबाट उत्पादन भएकाशत प्रतिशत विद्यार्थी रोजगारीमा लागेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *