नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा ओली, नेपाली नभएको तथ्य फेला

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति क्यानडाको सभापतिमा बुद्धि प्रकाश ओली रहेका छन् ।

१४ महाधिवेशनमा पार्टीले दुबैका महाधिवेशन प्रतिनिधि भुवनी प्रसाद तिमिल्सिनालाई जनसम्पर्क समिति क्यानडाको अधिवेशन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधिको रूपमा खटाएको थियो ।

त्यस बेला सभापतिमा बुद्धि प्रकाश ओली प्रथम उपसभापतिमा उदय दुरा लगायतको कार्यसमिति निर्वाचित भएको थियो ।

नेपाली कांग्रेसको विधान अनुसार नेपाली जनसम्पर्कको सभापति नेपाली नागरिक हुनुपर्ने विधानमा उल्लेख छ । तर हाल ओली क्यानडाको नागरिक भएको तथ्य फेला परेको छ ।

उनले क्यानडाको पासपोर्ट बनाएकोले उनी क्यानडाको नागरिक रहेको तथ्य फेला परेको छ ।

हाल नेपाली जनसम्पर्क समिति क्यानडाको सभापति ओली गैर मानिन्छन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *