आज राति १ बजेर २० मिनेटमा चन्द्र ग्रहण लाग्दै, नेपालभरबाट देख्न सकिने

No ads found for this position
No ads found for this position

काठमाडौं- आजको लाग्ने चन्द्र ग्रहण नेपालभरबाट देख्न सकिने छ । चन्द्रमाको कुल ६ प्रतिशत भु-भाग ओगटने चन्द्र ग्रहण मध्यरातमा सुरु हुनेछ ।

नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।

उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालमा जुनसुकै ठाउँबाट देख्न सकिने छ भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ ।

यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट सुरु हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ। जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *