इजरायलमा मृत्यु भएका मृतकका परिवारलाई ३ लाख उपलब्ध गराउने कर्णाली सरकारको घोषणा

No ads found for this position
No ads found for this position

सुर्खेत- कर्णाली प्रदेश सरकारले भदौ र असोजमा अविरल वर्षासँगै आएको हावाहुरीले बाली, पशुचौपायमा भएको क्षतिको राहत दिनका लागि ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषदको बैठकको निर्णयअनुसार नेपाल बार एशोसियनको नियमित बार्षिक साधारणसभाको लागि १५ लाख दिने निर्णय समेत भएको छ ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिय स्थित प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परि मृत्यु हुने कर्णाली प्रदेशका नागरिकका परिवारलाई ३ लाख उपलब्ध गराउने निर्णय समेत गरिएको छ ।

-यस अघिको समाचारमा ३ लाख हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ । -सम्पादक।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *