नेपाल र जर्मनीबिच सरकारी स्तरमा कामदार पठाउने गरी भयो श्रम सम्झौता

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल र जर्मनीबीच वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्ने विषयमा श्रम सम्झौता भएको छ । मंगलबार (आजै) श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनका प्रतिनिधिमण्डलबीच श्रम सम्झौतामा हस्तक्षर भएको छ ।

श्रम मन्त्रीले परिक्षार्थी कामदार पठाउने गरी जर्मनको राजधानी बर्लिनमा श्रम सम्झौता गरेको हो ।

जर्मनीमा मर्यादित एवम् सुरक्षित श्रम आप्रवासन र नेपाली कामदारलाई जर्मनीमा सामाजिक सुरक्षा, रोजगारीको सुविधा बीमा, कामदारको खर्च रोजगारदाता ब्येहोर्नु, श्रमिकको सामाजिक सुरक्षा र अन्य सुविधाहरु समेटिएर श्रम सम्झौता भएको भ्रमण टोलीमा रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिब केवलप्रसाद भण्डारीले जानकारी दिए।

श्रम सम्झौताअनुसार जर्मन पहिलो चरणमा परिक्षार्थी कामदार पठाउने र ती कामदारहरु सरकारले नै छनोट गरेर पठाउन उनले बताए । ‘नेपालले जर्मनीसँग प्रशिक्षार्थी श्रमिक लैजान श्रम समझदारी गर्न लागेको हो । श्रम समझदारी भएपनि जर्मनीको कुन क्षेत्रमा कति नेपाली कामदार जाने भन्ने विषय छलफल भइरहेको छ । तर, जर्मन धेरै क्षेत्रको रोजगारीमा नेपाली कामदार लिने इच्चा देखाएको छ ।’ उनले भने, ‘ जर्मनी जाने कामदारको सेवा सुविधा, तलब, रोजगार बिमा, स्वास्थ्य सुविधा, हवाई टिकट, सामाजिक सुरक्षा कोष, करार अवधि र आवतजावत खर्चका बारेमा प्रष्ट सम्झौतामा खुलाइएको छ । कामदारको सम्पुर्ण खर्च रोजगारदाता देशका कम्पनीले ब्येहोर्ने छन् ।’

जर्मनीमा उद्योग, होटल, स्वास्थ्य, कृषि, उत्पादन र पर्यटन क्षेत्रमा कामदार पठाउने गरी श्रम सम्झौता भएको उनको भनाइ छ ।

श्रम मन्त्री भण्डारीले रोमानियासँग गत शुक्रबार मात्र श्रम सम्झौतापत्रमा हस्तक्षर गर्नु भएको थियो ।

रोमानिया र जर्मनीसँग भएको श्रम सम्झौतामा नेपाली कामदारको सामाजिक सुरक्षा, रोजगार बीमा र तलबलगायतका सुविधामा स्थानीय कामदार सरहको सुरक्षा प्रदान गरिएको छ ।

नेपालले कतार तथा यूएईसहित खाडीका देश र मलेसियासँग भएको श्रम समझदारीभन्दा रोमानियासँगको श्रम समझदारी फरक शैलीमा गरिएको श्रम मन्त्रालयले जनाएको छ ।

श्रम मन्त्रालयले यसअघि जापान, इजरायल, दक्षिणा कोरिया र बेलायत पनि सरकारले नै कामदार पठाउने गरी श्रम सम्झौता गरेका छ । सोही मोडलमा जर्मनी पनि कामदार पठाउने गरी श्रम सम्झौता भएको हो ।

१० हजार कामदार पठाउने

जर्मनीले अहिले दक्ष कामदार अभावको सामना गरिरहेको छ । युरोपेली देशहरूले जनसंख्या घटेको र बुढ्यौली बढेका कारण उपयुक्त योग्य उम्मेद्वारहरूको अभाव भएको सरकारी अनुमान छ ।

जर्मनीमा काम गर्न खोज्ने विदेशी कामदारहरूले कुनै पनि पेशामा योग्य र दक्ष भएमा सजिलोसँग वर्क पर्मिट प्राप्त गर्ने बताइएको छ ।

सोही कारणले, जर्मन सरकारले तेस्रो देशका नागरिकहरूलाई जर्मनीमा काम गर्न सजिलो बनाउन आफ्नो अध्यागमन नियमहरू परिमार्जन गरी धेरै भिसा र आवागमन प्रक्रिया सरल पारेको छ ।

जर्मनीको एक प्रमुख अनुसन्धान संस्थाले मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई समृद्धि र जर्मन कल्याण प्रणाली सुरक्षित गर्न प्रत्येक वर्ष ४ लाख आप्रवासी कामदार चाहिने बताएको छ । जसमा नेपालका वार्षिक १० हजारसम्म कामदार लैजाने सक्ने श्रम मन्त्रालयको अनुमान छ ।

जर्मनीमा अहिले पनि व्यक्तिगत भिसामा रोजगारीका लागि नेपालीहरू जाने गरेको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ । श्रम मन्त्रालयका अनुसार अहिले यति कामदार पठाउने भन्ने यकिन भएको छैन । तर, जर्मनी रोजगारीमा वार्षिक ५ सय कामदार रोजगारीमा जाने गरेको विभागले जनाएको छ ।

जर्मनीमा रोजगारीमा जाने कामदारले मासिक १ लाख ७० हजार रुपैयाँसम्म कमाउन सक्ने मन्त्रालयको भनाइ छ ।

जर्मनीपछि नेपालले पोर्चुगल, रोमानिया, पोल्याण्ड र फ्रान्ससँग पनि श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने तयारी गरिहरेको छ ।

हाल जर्मनीमा ५ हजारभन्दा बढी नेपाली रोजगारीमा कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ । नेपाली कामदारका लागि युरोपको देश जर्मनी राम्रो रोजगारगन्तव्य हुने श्रम मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *