पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गरियोः प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चाडबाड र आम उपभोक्ताको हितलाई ध्यानमा राखेर आफूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिने निर्णय लिएको बताएका छन् ।

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफूलाई नेपाल आयल नियमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थाहा नभएको उल्लेख गर्दै त्यसलाई तत्काल फिर्ता लिन निर्देशन दिनुपरेको स्पष्ट पारे ।

प्रचण्डले भने, ‘आजै बसेको मन्त्रीपरिषद बैठकले सुनको अवैध पैठारी, तस्करी नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन २०२६ को दफा ३ को उपदफा २ बमोजिम उच्च अदालतका पूर्वन्यायाधीश श्री डिल्लीराज आचार्यको अध्यक्षतामा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक श्री सहकुलबहादुर थापा, पूर्व सहसचिव श्री किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय भएको छ ।’

यस्तै उनले नेपाल आयल निगमले हिजोदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको गरेको मूल्य वृद्धि आसन्न चाडबाड र उपभोक्ता हितलाई ध्यानमा राखि तत्काल फिर्ता लिन निर्देशन गरेको बताए ।

प्रचण्डले भने, ‘म माननीय सदस्यहरुलाई जानकारी के गराउन आवश्यक ठान्दछु भने एक जना माननीय प्रधानमन्त्री बाहिरबाट आउँदाआउँदै जनतालाई उपहार दिनुभयो भन्नुभयो । त्यो मेरो जानकारी थिएन । र, प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालयको पनि निर्णय भन्दा केही महिना अगाडि आयल निगम विस्तारै पहिलाको ऋण चुक्ता गरेर नाफातिर गईराखेको स्थितिमा सायद यो उपयुक्त समय हो अटोप्राईसिङमा जाने भन्ने भएको थियो । त्यसैको आधारमा भएको थियो । जुन अहिलेको जनताको पीरमर्का, जनताको भावना र आवश्यक्ता विपरित थियो । आज बिहान मात्रै मैले प्रधानमन्त्री वा सम्बन्धित मन्त्रालय वा उपप्रधानमन्त्रीहरुलाई पनि जानकारी नदिई अटोप्राईस भनेको आयल निगमको स्वतन्त्रता होइन, राज्यबाट अलग जाने भन्ने होइन । राज्य भित्रकै अंग हो । त्यसकारण अहिलेको यो परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो । ’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *