काठमाडौं छाड्दै शिक्षकहरू, छुटेको कक्षा बिदामा पढाइने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल शिक्षक महासङ्घले काठमाडौं केन्द्रित आन्दोलन सफल भएको भन्दै सरकारलाई धन्यवाद दिएको छ । नेपाल सरकारसँग शुक्रबार भएको छ बुँदे सहमति महत्त्वपूर्ण भएकाले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको सङ्घले जनाएको छ।

यो सँगै शिक्षकहरू घर फर्कंने भएका छन् भने आन्दोलनका कारण छुटेको २ दिनको पढाइका लागि अनुकूलताअनुसार सट्टा पठनपाठन गराउने महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आज जारी गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका शिक्षकलाई आग्रह गरिएको छ ।

महासङ्घले आन्दोलनमा सहभागी सम्पूर्ण शिक्षक तथा कर्मचारीमा धन्यवाद दिएको छ । आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै काठमाडौं बाहिरबाट आएका शिक्षक घर फर्कन थालेका छन् ।

विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयक विरुद्ध असन्तुष्ट जनाउँदै महासङ्घले यही असोज ३, ४ र ५ गते काठमाडौंमा आन्दोलन गरेको थियो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *