धनकुटामा सैन्य आधार तालिम सम्पन्न (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

धनकुटा- श्री भिमदल गण सल्लेरी व्यारेक धनकुटाको सि.सं. १० सैन्य आधार तालिम अन्तिम दलेल कवाज शोमबार सम्पन्न भएको छ ।

सैन्य परेड ग्राउण्डमा जग्गा लिदै झण्डा टोलिको आगमन पश्चात तालिम प्रमुख शिक्षकद्वारा झण्डा सलामी, कवाज निरिक्षण, सैन्य कवाज प्रदर्शन, विभिन्न विधाहरूमा उत्कृष्ट हुने सैन्यहरूलाई पुरस्कार वितरण, सैन्य शुशोभन लगायतका कार्यक्रमका साथ अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

धनकुटाको सल्लेरी व्यरेक स्थित भिमदल गणमा २०७९ मंसिर १ गतेबाट शुरू भएको सि.सं. १० सैन्य आधार तालिम सम्पन्न भएको हो ।

उक्त अन्तिम दलेल कवाजलाई सम्वोधन गर्दै नवनियुक्त सिपाहीहरूलाई लामो अवधिको आधारभुत तालिम सफलता पुर्वक सम्पन्न गरेकोमा भिमदल गणका गणपति प्रमुख सेनानी सुमन थापाले शुभकामना दिए ।

थापाले नेपाली सेनाको विभिन्न युनिटमा रिक्त रहेको सिपाही दर्जामा नियुक्त भई राष्ट्र, संस्था र जनता प्रति समर्पित, बफादार, ईमान्दार, अनुशासित, सेनाको मुल्य मान्यता र परम्परालाई आत्मसाथ गरी जस्तो सुकै विषम् परिस्थितिमा समेत विचलित नभई सुम्पिएको जिम्मेबारी बहन गर्न सक्षम हुने विश्वासका साथ आगामि सैनिक जिवनमा सफलताको शुभकामना दिए ।

८७ जना सैन्य शिक्षार्थी सहभागि भएको उक्त तालिम राष्ट्रियता, राष्ट्रको सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा सुरक्षा र राष्ट्रबासिको हक हित र अधिकारको संरक्षणकालागि प्रतिबद्द नेपाली सेनाको प्रमुख दायित्व तथा भविष्यमा आईपर्ने जस्ता सुकै चुनौतिहरूलाई कुशलतापुर्वक सामना गर्न सक्ने दक्ष पेशेवर सिपाही तयार गर्ने उद्देश्यका साथ तालिम सञ्चालन गरेको प्रमुख सेनानी थापाले जानकारी दिए।

उक्त कार्यक्रममा नौ महिने तालिममा सहभागि सैन्यहरूबाट अन्तिम दलेल कवाज प्रदर्शन, प्रमुख अतिथि गणपति प्रमुख सेनानी थापाले सि.सं. १० सैन्य आधार तालिममा सर्बोकृष्ट हुने सैन्य, श्रेष्ठताका प्रतिक स्वरूप खुकुरीद्वारा पुरस्कृत गरेका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *