राजकीय सम्मानसाथ सुवास नेम्वाङको अन्त्येष्टि, छोराले दिए दागबत्ती (फोटोफिचर)

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- संविधान सभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। नेम्वाङलाई उनका छोरा मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिए।

नेम्वाङको सम्मानमा नेपाली सेनाले तोप पड्काएर दाह संस्कारका बेला सेनाको एक टुकडीले शोक धुन बनाएर सम्मान अर्पण गर्‍यो।

मंगलबार निधन भएका नेम्वाङको अन्तिम संस्कार अगाडि निजी निवास बालुवाटारबाट शवयात्रा निकालिएको थियो। शव यात्रा बालुवाटारबाट महाराजगञ्ज-धुम्बाराही, चाबहिल-गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्थीव शरीरमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गरे। यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको शवमा पार्टीको झण्डा ओढाएका थिए।

नेम्वाङको निधनको शोकमा आज देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ। यस्तै सरकारले आज देशभर शोक बिदा दिएको छ।

 



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्