साल्ट ट्रेडिङले प्रशंसा योग्य काम गरेको छ : मन्त्री रिजाल

No ads found for this position
No ads found for this position

काठमाडौं- साल्ट ट्रेडिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ ।

बुधबार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१ औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो ।

कर्पोरेशनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । कर्पोरेशनले उद्देश्य अनुसार जनतालाई सुपथ र सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

श्रेष्ठले कर्पोरेशन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता जनाइन् । श्रेष्ठले कर्पोरेशनले कृषि क्षेत्रको विकासमा समेत योगदान पुर्‍याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताइन् ।

श्रेष्ठले भनिन्, ‘उपभोक्ताहरुलाई गुणस्तरिय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पुर्‍याइरहेको छौं । कर्पोरेशन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको छ ।’

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताए । उनले सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरुको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको बताए।

मन्त्री रिजालले भने, ‘नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधरणमा सहज रुपमा पुर्‍याएर साल्ट ट्रेडिङले प्रशंसा योग्य काम गरिरहेको छ ।’

मन्त्री रिजालले कृतिम मूल्य वृद्धि नियन्त्रणमा सकारात्मक भूमिका कर्पोरेशनको रहेको भन्दै जनतालाई सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने काम गरेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *