राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।

बुधबार दिउँसो राष्ट्रपति पौडेलले मन्दिरको दर्शन गरेका हुन् । सो अवसरमा उनले कृष्ण मन्दिर भित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहण गरेका थिए ।

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ । हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ ।

भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ । किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो । त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *