आजबाट महानगरको गाडी सरकारले रोक्यो भने सिंहदरवारमा आगो लगाइदिन्छु : मेयर बालेन्द्र साह

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले महानगरपालिकाको कुनै पनि सरकारी साधन सरकारबाट रोकिए सिंहदरबार जलाइदिने धम्की दिएका छन् ।

उनले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्, ‘आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार।’

स्रोतका अनुसार शनिबार बेलुका भक्तपुरतिरबाट आएको महानगरको गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेर कागजपत्र मागेका थिए । ड्राइभरले महानगरको गाडी भन्दै कागज देखाउन नमानेपछि ट्राफिक प्रहरीले सरकारी नम्बरको गाडी शनिबार चलाउन प्रशासनको अनुमति पत्र चाहिने भनेका थिए । त्यसपछि ड्राइभरले गाडी काठमाडौं महानगरकाका मेयर बालेन्द्र साहको भएको बताएका थिए ।

उक्त गाडीमा पछाडि मेयर बालेन्द्र साहको पत्नी भएको खुलेको छ । गाडी यसरी रोकिएको केही बेरपछि नै बालेनले आफ्नो फेसबुक स्ट्याटस मा उस्तो लेखेका हुन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *