कांग्रेसले भाद्र २४ देखि बिपी साहित्य महोत्सव आयोजना गर्ने

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसले कांग्रेसको संस्थापक नेता बिपी कोईरालाको जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्ने भएको छ ।

कांग्रेसले बिपी कोईरालाको भाद्रा २४ गते परेको ११० औँ जन्मजयन्तीको अवसर पारेर बिपी साहित्य महोत्सव, २०८० गर्न लागेको हो ।

कांग्रेस केन्द्रिय कार्यालयको आयोजना र नेपाली लेखक संघको संयोजनमा भाद्र २४, २५ र २६ गते कांग्रेस केन्द्रिय कार्यालय सानेपा, ललितपुरमा हुन गइरहेको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरु अन्तरगत मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष शिर्षकमा चल्ने भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा पुस्तामा बिपी पठन र परिवारले बुझेका बिपी शिर्षकमा समेत सत्रहरु चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए ।

महोत्सवमा कविता साँझ, गजल साँझ, सांगितिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी समेत हुने उनले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *