सुनकाण्डको छानबिन कमिटीमा सबै पार्टी बसे, नेकपा (एस)लाई बाइपास गरियो : माधव नेपाल

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेकपा एकीकृत समाजवा (नेकपा एस) दीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय मान्यता प्राप्त नभएको दलको नाममा आफूलाई छलफलमा नबोलाएको गुनासो गरेका छन्।

शनिबार नेकपा एस निकट अनेरास्ववियूको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै सुनकाण्डको छानबिनमा राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भनेर एसलाई बाइपास गरिएको भन्दै असन्तुष्ट व्यक्त गरेका हुन्।

नेपालले भने, ‘नामै सुन्न नचाहने अहिलेसम्म पनि, यो पार्टीको मतलबै नराख्ने। हुँदाहुँदा हिजो अस्ति संसदमा, अरु सबै पार्टी हुन्छ तर एकीकृत समाजवादी हुँदैन। हामीलाई उपस्थित हुन पनि दिएनन्। त्यो सुनकाण्डको बारेमा भएको छानबिन कमिटीमा अरु सबै पार्टी बसे, तर राष्ट्रिय मान्यता प्राप्त गरेको छैन भन्ने आधार टेकेर हामीलाई बोलाउँदा पनि बोलाएनन्। अब हामी सोचिरहेका छौं। हामी पनि केही गर्नुपर्छ।’

नेपालले चुनावको बेला नेकपा एसलाई गाह्रो भएकाले गठबन्धनमा गएको बताए। ‘चुनाव पश्चात एमालेबाट केपी शर्मा ओलीलाई बोलाउँ, तपाईं (प्रचण्ड) र म बसेर शेर बहादुरलाई छाडेर नयाँ गठबन्धन बनाउँ भनेको त ओलीले केरे माधवलाई त्यसो भए त शेरबहादुरलाई समर्थन गरेर प्रधानमन्त्री बनाउँछु भनेछन् ।’ नेपालले भने ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्