सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा सरकार लागेको छ : उपप्रधानमन्त्री खड्का

No ads found for this position
No ads found for this position

काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने काममा लागिरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताका हुन् । उनले मुलुकमा सुशासन, भ्रष्टाचार, अनियमितताको नियन्त्रण समग्र अभियानलाई वर्तमान सरकार केन्द्र भागमा राखेर अघि बढीरहेको उल्लेख गरे ।

कमजोरीलाई सुधारेर देशभर सुशासनका लागि विशेष अभियान चलाउने तयारी सरकारको रहेको उनले बताए । उपप्रधानमन्त्री खड्काले सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि सरकारले नयाँ कार्ययोजना बनाइरहेको बताइ ।

खड्काले सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी सरकार अघि बढीरहेको बताए ।

खड्काले भने, ‘नेपाली कांग्रेस सरकारमा गएको अहिले लगभग साढे ४ महिना बितेको छ । सुशासन, भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा अभियानको रुपमा एउटा संकल्पसहित हामी सरकारमा गएपछि पूर्ण संकल्पसहित सरकार अघि बढेको छ । भएका कमजोरीलाई सुधारेर विशेष अभियान चलाउनका लागि मुख्यसचिव एउटा टोली बनाएर लाग्नुभएको छ । सुशासनको कार्ययोजना तयार पारेर जनताले पाउने सेवा समयमा पाउनका लागि हमीले पहल गरिरहेका छौं । अब यो महिना भित्रै त्यो कार्ययोजना तयार भएर मन्त्रीपरिषद्ले पास गरेर कार्ययोजनामार्फत नेपाल सरकार र देशसँग जोडिएका सम्पूर्ण संयन्त्रहरुलाई सुशासनको कार्ययोजनाको घेराभित्र अनुशासति बनाउँदै आम नेपाली जनतामा एउटा नयाँ खालको प्रभाव, सरकारबाट दिनुपर्ने सेवामा नयाँ पनको गतिको अनुभव आम नागरिकले मशसुस गर्नेगरी वर्तमान सरकारले गरिरहेको छ ।’

उनले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन गर्ने र दोषी उम्कन र निर्दोष पर्नु नहुने बताए । रक्षामन्त्री खड्काले कुनैपनि खालको भ्रष्टाचार र अनियमितताको निष्पक्ष छानबिन हुनुपर्ने पक्षमा आफू रहेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *