कांग्रेस भएर मात्रै पुग्दैन, संगठन पनि राम्रो हुनुपर्छ : प्रकाशमान सिंह

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस मजबुत नरहे अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् ।

शनिबार काठमाडौं प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै कांग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताए।

सिंहले भने, ‘केही गरेर कांग्रेस अलिकति यो निर्वाचन, राष्ट्रिय राजनीतिमा कमजोरी जस्तो भयो भने २०४६ को परिवर्तन आएकोमा खुश नभएका तत्वहरु त छन् । तिनीहरुले त यो सिस्टमलाई नै कमजोर पार्ने काम गरिरहको छन् । कांग्रेस जबसम्म मजबुत हुन्छ, तबसम्म लोकतन्त्र यो देशमा मजबुत हुन्छ, कांग्रेस कमजोर भयो भने यो सिस्टम नै के हुन्छ ? भन्नेकुरामा प्रश्न शुरु हुन्छ ।’

उनले पार्टीलाई विधि अनुसार चलाउदै अघि बढ्नुपर्ने बताए । सिंहले भने, ‘अब त जमाना कस्तो भइसक्यो भने कांग्रेसको संगठनमा कांग्रेस भएर मात्रै पुग्दैन । कांग्रेसको संगठन पनि राम्रो हुनुपर्छ । राजनीतिक हिसावले दिनसक्ने सकारात्मक म्यासेज दिनुपर्छ ।’

नेता सिंहले कांग्रेस अहिले पनि कमजोर नरहेको जिकिर गरे । उनले कांग्रेसमा केही सुधार गर्नुपर्ने अवस्था आएको भन्दै समयको माग अनुसार सुधार गरेर पार्टी अघि बढ्ने बताए।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्