सदन खुलाउन प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आईतबारबाट संसदको अवरोध हट्ने बताएका छन् ।

शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले संसदको गतिरोध अन्त्यका लागि आफूले निरन्तर प्रयास गरिरहेको उल्लेख गर्दै आज पनि संसद अवरोध अन्त्यका लागि पहल गर्ने प्रतिवद्धता जनाए ।

उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसदको गतिरोध खुलाउन प्रयास गर्ने र आईतबार संसद सुसञ्चालन हुनेमा आशावादी रहेको बताए ।

प्रचण्डले भने, ‘हामीले निरन्तर पहल गर्दै आएको तपाईंहरुलाई थाहा छँदैछ । हिजो मात्रै पनि सभामुखजीसँग बालुवाटारमा उहाँ आउनु भयो र उहाँसँग कुरा भएको छ । आज बेलुकासम्म हामी प्रयास बढाउँदैछौँ । आशा छ भोलि सदन खुल्छ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *