कोशी प्रदेशका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

No ads found for this position
No ads found for this position

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्दव थापाले आगामी भदौ ४ गते विश्वासको मत लिने भएका छन् ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले प्रदेश सभा नियमावली २०७४ पहिलो संशोधनसहित को नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएका थिए ।

सभामुखका भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए । थापा गत साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *