कांग्रेस संसदीय दलको बैठकले आज महत्त्वपूर्ण निर्णय लिँदै
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने उक्त बैठक बिहान १० बजे बोलाइएको छ ।
आइतबार बसेको बैठकमा संसद् र सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भमा छलफल भएको थियो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमबारको बैठकमा ५० जना सांसदले आफ्नो धारणा राखेको बताए। आज अरू सांसदले बोलेपछि बैठकले महत्त्वपूर्ण निर्णय लिने लेखकले बताए।






Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्