सत्तापक्ष र प्रतिपक्षीबीच मिल्यो संसदीय समितिको भागबण्डा : कसले कति पाए ?

No ads found for this position
No ads found for this position

काठमाडौं- सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच संसदीय समितिको नेतृत्वको विषयमा सहमति जुटेको छ ।

जसअनुसार सत्तासीन नेपाली कांग्रेसले ४ वटा समितिको सभापति पाउनेछ भने प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ३ वटा समितिको सभापति पाउने भएको छ ।

त्यस्तै माओवादी केन्द्रले २ तथा जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र जनमत पार्टीले समान एकएक समितिको सभापति पाउने भएका छन् ।

सहमतिअनुसार अर्थ, कृषि, सुनुवाइ र राज्य व्यवस्था समितिले नेतृत्व गर्नेछ भने लेखा, महिला र राज्य निर्देशक सिद्धान्त समितिको नेतृत्व एमालेले गर्नेछ । त्यस्तै, कानुन र विकास समितिको नेतृत्व माओवादी केन्द्रले गर्नेछ ।

समान एकएक समिति सभापति पाएका जसपा, एकीकृत समाजवादी र जनमतले क्रमशः अन्तर्राष्ट्रिय सम्बन्ध समिति, शिक्षा समिति र उद्योग समितिको नेतृत्व गर्नेछन् ।

संसद्को चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ ल राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समिति सभापति छुट्याइएको छैन ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *