नेकपा एसको माघमा महाधिवेशन, पार्टी सदस्य १ लाख पुर्‍याउने

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

बैठकमा यहि भाद्रमा हुने केन्द्रीय कमिटीमा पेश हुने विभिन्न राजनीतिक, संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए।

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए ।

तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिट्व्युरो बैठकमा धारणा राख्नेहरुले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केहि लामो भएको जानकारी दिए।

तुलाधरले माघको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यसअवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्नेगरि अघि बढेको उल्लेख गरे।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्