प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूतबीच भेटवार्ता, एमसीसीबारे अमेरिकाको चासो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।

भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ।

राजदूत थम्सनले प्रचण्डसँग संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाने/नजानेबारे चासो राखेका थिए। परराष्ट्र मन्त्रालयले प्रचण्डको चीन भ्रमणको तयारी गरिरहेको छ।

अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका लागि नेपालका राजनीतिक दलहरुलाई ताकेता गरिरहेको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्