राष्ट्रिय सभामा नौ प्रस्ताव प्रस्तुत

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय सभाको बैठकमा खर्च कटौतीको मंगलबार नौ प्रस्ताव प्रस्तुत भएका छन् ।

सांसद दिलकुमारी थापा रावल पार्वतीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि विनियोजित बजेटको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै स्वास्थ्यमा प्रत्येक वर्ष बजेट घट्दै गएको बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै रामचन्द्र राईले जनताको सूचनाको हक स्थापित गर्न सरकार चुकेको बताए ।

यस्तै सांसद भैरवसुन्दर श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत ग‍र्दै जलविद्युत्का सबै आयोजना विदेशमा सुम्पनु आपत्तिजनक रहेको बताए ।

सांसद विमला घिमिरेले खानेपानी मन्त्रालयको खर्च कटौती गरी रु एक कायम गरियोस् भनी प्रस्ताव राखेकि थिइन् । मेलम्ची खानेपानी आयोजनाबाट लेदो पानी आएमा प्रशोधन गर्न नसकिने भन्ने सचिवको भनाइ सुनेर छक्क परेको उनले बताइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *