नक्कली भुटानी शरणार्थी काण्डमा डा.आरजु राणालाई जोडेर सार्वजनिक गरिएको अडियो सत्य नभएको प्रहरीद्धारा पुष्टि

No ads found for this position
No ads found for this position

काठमाडौं- नक्कली भुटानी शरणार्थी काण्डमा नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवालाई विवादमा तान्ने गरी सार्वजनिक गरिएको अडियो झुट भएको प्रहरीले पुष्टि गरेको छ।

डा. देउवाले नक्कनी भुटानाी शरणार्थी काण्डको अनुसन्धान भैरहेको बेला आफुलाई जोडेर सार्वजिनक भएको अडियोको सत्य, तथ्य अनुसन्धान गर्न नेपाल प्रहरीमो निवेदन दिएकी थिईन् ।
नेपाल प्रहरीको हिरासतमा रहेका अभियुक्त सन्देश शर्माले प्रहरीसँग बैशाख ४ गते नै बयान दिएका थिए ।

उनले प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ । तर आरजु राणाको नाम लिएको अडियो बैशाख १६ गते मात्रै सार्वजनिक गरिएको थियो । डा. देउवाले भने अडियो सार्वजनिक भएपछि बैशाख २७ गते अनुसन्धानका लागि प्रहरी समक्ष उजुरि दिएकी थिईन् ।

उक्त निवेदनबारे पत्र पठाउदै प्रहरीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिए अनुसार आफुलाई अनुकुल हुनेगरी मात्रै नाम लिएको तर डा. देउवालाई आफुले चिन्दा पनि नचिनेको र यो काण्डमा कहि कतै सम्वन्ध नरहेको उल्लेख गरेको भन्दै आरजु देउवाका बारेमा आएको अडियो झुट भएको जनाएको हो।

नेपाल प्रहरीले सन्देश शर्माले अदालतमा दिएको बयाननै सत्य भएको भन्दै अडियोमा बोलिएको विषयवस्तुमा सत्यता नभएको बयानकर्तालेनै बोलिसकेको जनाएको छ । नेपाल प्रहरीले उक्त निवेदन उपर पत्र पठाउदै अदालतमा सन्देश शर्माले दिएको बयाननै सत्य भएको उल्लेख गर्दै आरजु राणाको संलग्नता नभएको स्पष्ट पारेको हो।

सन्देश शर्माले काठमाडौं जिल्ला अदालनमा दिएको बयानमा भनेका छन्, ‘निज जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले मलाई पहिले नै फोन सम्पर्क गरी हामीले पैसा लिएका मानिसहरुले हामीलाई समस्यामा पारी सके निजहरु आएको समयमा हामी तपाईंलाई फोन गर्छौं सो समयमा तपाईंले हामीले भनेको मानिसलाई रकम बुझाएका छौं भनी जानकारी गराई दिनुभयो भने हामी बाच्छौं भनी पहिले नै निजहरुको नाम लिई पैसा दिएको हो भनी भन्नु भनेको हुदा निजहरुले भने अनुसार आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडको समेत नाम लिई मैले रकम बुझाएको हो भनी कुरा गरेको हो, उक्त कुरा वास्तविक होईन, जाहेरवालाले भन्नु भने अनुसार मात्र भनेको हुँ, मैले निजहरुलाई चिनेको छैन, चिन्दै नजिनेको व्यक्तिहरुलाई यति धेरै रकम नगदै विना काम दिने कुरै भएन।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *