मलाई कुनै पार्टीको मतलब छैन, भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारिलाइ जन सुकै पार्टीको भएपनि नछाड्ने बताएका छन्। उनले कानून सबैलाई समान हुने भएकाले कोही पनि दोषीलाई नछाड्ने प्रतिबद्धता जनाए ।

भ्रष्टाचारविरुद्धको कारबाहिमा विभिन्न खालको दबाबको सामना गर्नुपरिरहेको श्रेष्ठले बताए । समाजवादी यात्राको चुनौती विषयक अन्तरक्रियामा बोल्दै उनले स्वच्छ र निस्पक्षरूपमा अनुसन्धान अघि बढाइएको उल्लेख गरे।

उनले भने, ‘प्रश्न उठिरहेको छ कि यो कहाँसम्म जान्छ ? मैले बारम्बार भनेको छु, स्वच्छ र निस्पक्षरुपमा अनुसन्धान अगाडि बढाइने छ । दोषीलाई छोडिदैँन।’

@nagarik_press

जुनसुकै पार्टीका भए पनि भ्रष्टाचारीलाई छोड्दिन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ narayankajishrestha

♬ original sound – Nagarik Press – Nagarik Press

गृहमन्त्री श्रेष्ठले भने, ‘नेताहरू दोषी, अपराधी देखिए, मुद्दा चलाइयो भने राजनीतिक पार्टीका नेताहरू कराउँछन् । यो त भएन नि भनेर । उद्योगी-व्यवसायी पक्राउ परे भने हामीले ट्याक्स तिरेका छौं, राज्य चलाउन सहयोग गरेका छौं, हामीलाई गर्ने ? भन्छन् । कर्मचारी परे भने कर्मचारीलाई कहाँ पाइन्छ भन्छन् । त्यसोभए कसलाई गर्ने कारबाही ?’

तथ्य-प्रमाणले भेटेसम्म सबैलाई कानूनको दायरामा ल्याउने हो, चाहे जोसुकै होस् । माओवादी, कांग्रस, एमाले, समाजवादी कुनै पार्टीको मतलब छैन । सबै कानूनको अगाडि कि भ्रष्टाचारी हुन् कि होइनन् । कि दोषी हुन् कि होइनन् ’, उनले भने ।

यस्तै उनले धनीलाई एउटा कानून र गरिबलाई अर्को कानून आँफूलाइ मान्य नहुने बताए ।

@nagarik_press

भ्रष्टाचारीलाई छोड्दिन, कुनै पार्टीको मलाइ मतलब छैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ #narayanganj

♬ original sound – Nagarik Press – Nagarik Press



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *