गृहमन्त्रीलाई घनश्यामले भने- ललिता निवास र शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुहोस् कामरेड
गृहमन्त्रीलाई घनश्यामले भने- ललिता निवास र शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही गर्नुहोस् कामरेड
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले नक्कली भुटानी शरणार्थी र ललिता निवास प्रकरणमा मुछिएकाहरु कारवाही हुनुपर्ने बताएका छन्।
पुष्पलालको ४५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै भुसालले भ्रष्टाचारमा अहिले मुछिएकाहरूलाई निर्मम तरिकाले कारवाही गर्न जोड दिएका हुन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित उक्त कार्यक्रममा भुसालले भने,’दोषीमाथि निर्मम तरिकाले कारवाही गर्नुहोस् कामरेड।’
भुसालले भ्रष्टाचार नियन्त्रण गर्न एकजना व्यक्तिको पहलले मात्र संभव नहुने बताए।






Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्