प्रधानमन्त्री प्रचण्ड इटाली प्रस्थान

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली प्रस्थान गरेका छन् ।

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् ।

उनको बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव वैकुण्ठ अर्याललगायत नेताहरू विमानस्थल पुगेका थिए ।

प्रचण्डको भ्रमण टोलीमा उनको छोरी गंगा दाहाल, कृषिमन्त्री वेदुराम भुषाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतलगायत छन् । प्रचण्ड साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *