कांग्रेसलाई कम्युनिष्टको शत्रु हो भन्ने पारेर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको छ : माधव नेपाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबि गरेका छन् ।

नेपालले कांग्रेसलाई कम्युनिष्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारूढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे ।

शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिष्ट भनिएकाहरूले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरूले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *