रमेश खरेल इन्सपेक्टर हुँदा मलाई मार्न हिँडेका थिए, पछि खुट्टा समाउन आए

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं । पूर्व गृहमन्त्री बामदेव गौतमले नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले आफूलाई मार्न मान्छे लगाएर हिँडेको आरोप लगाएका छन् । खरेल हाल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता हुन्।

रिपोर्टर्स क्लबद्वारा आयोजित एक कार्यक्रममा गौतमले रमेश खरेलले इन्सपेक्टर भएका बेला आफूलाई मार्न भनेर रिभल्बर बोकेर हिँडेको बताए । गौतमले भने, ‘रमेश खरेल अहिले बामदेवको पालामा सुन तस्करी भएको थियो भन्ने गलत कुरा गरिरहेका छन्, यसको छानविन होस् ।’

रमेश खरेलले त्यसबेला गृहमन्त्रीलाई जहाँ भेट्यो त्यहीँ मार्छु भनेर हिँडेका थिए । मलाई मार्न उनले हस्तलिखित पर्चा बोकेर हिँडेको गौतमले बताए ।

गौतमले पछि रमेश खरेल गल्ती भयो भन्दै खुट्टा समाएर माफी माग्न आएका थिए तर खुट्टा समाउन आँफूले नदिएको बताए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्