कांग्रेस नदी हो, नयाँ पार्टी खहरे खोला हुन् : रमेश लेखक

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले नयाँ दलहरूलाई उर्लंदो खहरे खोलाको संज्ञा दिएका छन् । ४१औं बीपी स्मृति दिवसका अवसरमा रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै लेखकले यस्तो बताएका हुन् ।

लेखकले बीपीको विचार कालजयी भएको बताए । लेखकले भने, ‘कांग्रेस मंसिरमा पनि उत्तिकै बग्ने नदी हो, अरु खहरे हुन् मंसिरमा हुँदैनन्, नयाँ पार्टी उदाउँदैमा कुनै पनि कांग्रेसीले आत्तिनु पर्दैन ।’

बीपीले प्रतिपादन गरेको कांग्रेसको विचारले सबै विचारलाई जितेको छ त्यसैले लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनाउन कांग्रेस सफल भएको लेखकले बताए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्