कांग्रेस बनाउने डा. आरजूका सात सुत्र

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सरकार सञ्चालनदेखि विदेशीएका युवालाई स्वदेशमै रोजगारी दिनुपर्ने विषयमा पार्टीले रणनीति बताउनुपर्ने बताएकी छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा उनले कांग्रेस मुलुकको एजेण्डा सेट गर्ने पार्टी भएको उल्लेख गर्दै कांग्रेस रणनीतिक रुपमा अगाढि बढ्नुपर्ने बताएकी हुन् । महामन्त्री गगनकुमार थापाले पेश गरेको प्रस्तावमा मुलुकलाई दूरगाामी प्रभाव पार्ने एजेण्डा नभएको उनको भनाई थियो ।

‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ उनले भनिन्, ‘महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’

महामन्त्री थापाले पेश गरेको पार्टीको कार्यतालिकामा दर्जनौं कार्यक्रमहरु राखिएको छ । कांग्रेस नेतृ देउवाले धेरै कार्यक्रम गर्नुको साँटो परिणाममुखी हुने गरी थारै कार्यक्रम गर्न सुझाव दिइन् । ‘धेरै कार्यक्रम गर्ने योजनाहरू आए । तर ती कार्यक्रमको उपलब्धि के हो रु त्योचाहिँ प्रष्ट छैन । बरु तीन चार वटा कार्यक्रम गरौं, ठोस कार्यक्रम गरौं भन्ने मेरो प्रस्ताव छ,’ उनले भनिन् ।

उनले पार्टीमा सरकार सञ्चालनदेखि नीति नियमका बारेमा प्रशिक्षण दिनुपर्नेमा जोड दिइन् । पार्टीबाट सरकारमा जाने नेताहरुले मन्त्रालयको काम सिक्दासिक्दै कार्यकाल बित्ने गरेको उल्लेख गर्दै उनले भनिन्, ‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४-५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो ? के भइरहेको छ, के गर्नुपर्ने हो ? यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ ।’

प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले परराष्ट्र मामिलाबारेमा पनि पार्टीले प्रष्ट निर्देशन दिनुपर्नेमा जोड दिइन् । पार्टीको क्रियाशील सदस्यता संख्या वितरण गर्नुअघि कांग्रेसको विचार र सिद्धान्तका बारेमा प्रशिक्षण दिनु्पर्ने उनको भनाई थियो ।

कांग्रेस नेतृ डा. आरजू देउवाका सुझाव-

१. सुशासनमा जोड

२. पार्टीको घोषणापत्रलाई सरकारको कामकारवाहीसँग जोड्ने

३. संगठन विस्तारमा प्रशिक्षणलाई प्राथमिकता

४. सार्वजनिक रुपमा पार्टी र नेताका बारेमा आलोचना नगर्ने

५. नेपालमै युवाहरु बस्ने वातावरण निर्माणका लागि रणनीति बनाउने

६. परराष्ट्र नीतिका बारेमा

७. समानुपातिक समावेशी प्रतिनिधित्वका बारेमा



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *