गृहमन्त्रीले भने- सुन तस्करी प्रकरणमा जरासम्म पुगेर अनुसन्धान हुन्छ

No ads found for this position
No ads found for this position

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन पछि सुन तस्करी प्रकरणको छानबिनलाई निष्कर्षमा पुर्‍याउने बताएका छन् ।

अनुगमनपछि पत्रकारसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सम्बन्धित निकायले एकअर्काको कमजोरी देखाउनेभन्दा पनि समन्वय र एकीकृत भएर काम गर्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल लाई प्रयोग गरेर हुने अपराध र राजस्व छलीविरुद्ध सबै कठोररूपले जिम्मेवार हुनुपर्छ, तर यात्रु र पर्यटकप्रति भने विनम्र हुनुपर्छ।’

प्रधानमन्त्रीले वर्तमान सरकारले सुशासन, आर्थिक सामाजिक विकास र प्रशासनिक सुधारका पक्षमा कुनै कसर बाँकी नराखि काम गर्न मलाइ निर्देशन दिनुभएको छ । त्यही स्पिरिटमा काम हुन्छ । श्रेष्ठले भने ।

अनुगमनमा मन्त्री श्रेष्ठले विमान अवतरणदेखि यात्रु, कर्मचारीको प्रवेश, तिनीहरूको हातेब्याग र कार्गो निकासी प्रक्रियासम्मको अनुगमन गरेका थिए ।

मा गति दिन निर्देशन दिनुभएको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले सुन तस्करीबारे छानविन समितिले यसको जराजरामा पुगेर कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *