जीतजंग बस्नेतको प्रश्न- सुन तस्करीमा गृहमन्त्री र ओलीको नाम आएको छ राजीनामा माग्नु पर्दैन ? (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करी काण्डमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् ।

केन्द्रीय कार्य समिति बैठकमा बस्नेतले गृहमन्त्री र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको तर कांग्रेसका केही नेता भने आफ्नै सभापति र पार्टीलाई खुइल्याउन लागेको आरोप लगाए।

बस्नेतले भने, ‘नेपालमा एकै महिनामा २९ पटक विमानस्थलबाट सुन भित्रिएको छ । गृहमन्त्री नाम यसमा जोडिएको छ । वाहाँको राजीनामा माग्न जाने कि नजाने ?’

बस्नेतले सुन तस्करि काण्डमा गृहमन्त्री, महरा र केपी ओलीको नाम आएको बताउँदै उहाँहरुको राजीनामा माग्न जाने कि नजाने भनि पश्न गरेका थिए ।

बस्नेतले बालुवाटार काण्डमा एमाले नेता विष्णु पौडेलको नाम बारम्बार आउने गरेको तर यस बिषयमा कांग्रेस किन मौन बसेको भनि प्रश्न गरेका थिए ।

भिडियो हेर्नुस्:



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *