दुई लाख सेना थपौं, पाँच वर्ष भित्र सेनाले काम गरेर देखाउँछ : वामदेव गौतम

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली सेनालाई कमजोर आङ्कलन नगर्न सांसद वामदेव गौतमले आग्रह गरेका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा गौतमले सेनाले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएकोले सेना बारे जथाभाबी नबोल्न आग्रह गरे।

गौतम भने- ‘सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जस्तोसुकै विपद्मा पनि सेनाले ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिने सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन’।

गौतमले देशलाई बलिदान दिन तयार सेनालाई कमजोर बनाउन नहुने बताए । उनले राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न नहुने बताए ।

गौतम भने- ‘नेपाली सेना अहिले ९६ हजार छन् । अरू दुई लाख सेनाको संख्या थपेर देश निर्माण, औद्योगिक क्षेत्र र कृषि उत्पादनमा लगाऔं सेनाले गरेर देखाउँछ । पाँच वर्ष भित्र नेपाललाई आत्मनिर्भर मात्र हैन, विदेश पठाउने गरी हाम्रो देशमा उत्पादन गर्न सेनाले सक्छ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *