कांग्रेस सबैको पार्टी हो, सबैलाई सँगै लिएर हिँड्न तयार छौं : सभापति देउवा

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सबैको पार्टी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी हो।’

उनले सबै आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको बताए । कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताउँदै सबैलाई सँगै र साथमा लिएर हिँड्न तयार रहेको देउवाले बताए ।

देउवाले भने, ‘हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातिको सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रुपले जनता नै आदिवासी जनजातिका जनता नै पार्टीप्रति प्रतिबद्ध हुनु पर्छ, सबै जनताको सहभागिता आवश्यक पार्टीमा छ।’



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्