सुदूरपश्चिमका सांसदहरुलाई पाँच करोड दिने सहमति

No ads found for this position
No ads found for this position

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम तीन करोड बाट बढाएर पाँच करोड रुपैयाँ बनाउने सहमति गरेका छन् ।

प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई बढाउन लागेका हुन् ।

सत्तारुढ तीन दल नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीले बजेट छलफल अघि नै यथास्थितिमा समर्थन गर्न नसकिने निर्णय गरेका थिए । अब बजेट पारित हुने र बजेटमाथिको विरोध हट्ने देखिएको छ ।

बजेटको निकासबारे मुख्यमन्त्री शाहले सत्तारुढ दलको बैठक राखेका थिए ।

 

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *