डाक्टरहरूले आत्महत्या गर्छु भन्दै नौटंकी गर्न थाले : स्वास्थ्यमन्त्री बस्नेत (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्रशासनिक सुधार अभियानलाई आत्महत्याजस्तो संवेदनशील विषयसँग नजोड्न आग्रह गरेका छन् ।

मन्त्रीले एक स्वास्थ्यकर्मीका विषयमा दिएको अभिव्यक्तिलाई आत्महत्यासँग जोडेर सामाजिक सञ्जालहरुमा प्रचार भइरहेको भन्दै राष्ट्रियसभा बैठकमा त्यसको खण्डन गरे।

उनले दरबन्दी अनुसार डाक्टरहरू व्यवस्थापन गर्दा सचिवालयमा धेरै धम्की आउन थालेको बताए ।

उनले भने, ‘दरबन्दी बाहिर जिल्लामा हुने तर स्वास्थ्य मन्त्रालयमा काजमा बस्ने डाक्टरहरूको व्यवस्थापन गर्ने जोखिम छ । सरुवा गर्दा डाक्टरहरूले आत्महत्या गर्छु भन्दै नौटंकी गर्न थाले र
सचिवालयमा धेरै धम्की आउन थालेको छ ।’

दरबन्दीअनुसारको डाक्टरहरू व्यवस्थापन गर्ने काम पार लगाएरै छाड्ने उल्लेख गर्दै मन्त्री बस्नेतले स्वास्थ्यमा डाक्टर व्यवस्थापनको चिरफार गरी छाड्ने प्रतिबद्धता बताए ।

डाक्टरहरूलाई राजधानी मात्रै चाहिने र दरबन्दी अनुसार व्यवस्थापन गर्न खोज्दा आत्महत्या गर्नेसम्म धम्की मन्त्रालयमा आउन थालेको बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *