सीता दाहालको अन्त्येष्टि : प्रचण्डले दिए दागबत्ती

No ads found for this position
No ads found for this position

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालका पत्नी सीता दाहालको बुधबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

पत्नी सीतालाई प्रचण्डले दागबत्ती दिए । सीता दाहालको पार्थिव शरीरमा नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरे । यो सँगै नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गर्दै स्वर्गीय दाहालप्रति सम्मान प्रकट गरेको छ ।

आर्यघाटमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’, उनका छोरीहरु रेणु र गङ्गा दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललगायत विभिन्न दलका शीर्ष नेताको उपस्थिति थियो ।

आर्यघाटमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री, सांसद, कर्मचारी लगायत सर्वसाधारणको भीड थियो । हिन्दु परम्परा अनुसार सीता दाहालको अन्त्येष्टि गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *