प्रधानमन्त्रीलाई ठूलो चोट पर्‍यो : डा. रिजाल

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति शोक व्यक्त गरेका छन् ।

पेरिसडाँडास्थित नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा स्व दाहालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले प्रधानमन्त्री र उनको परिवारजनलाई ठूलो चोटका साथै सबैका लागि अपूरणीय क्षति भएको बताए ।

उनले अध्यक्ष ‘प्रचण्ड’ र सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गरे । नेता रिजालले भने, ‘स्व दाहाल प्रधानमन्त्रीकी पत्नी मात्र नभइ राजनीति आरोह अवरोधको सहयात्री हुनुहुन्थ्यो । अध्यक्ष प्रचण्डका लागि ठूलो क्षति हो, उहाँका लागि परेको चोट हामी सबैले अनुमान गर्न सक्छौँ ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *