अरुण खोला दुई जलविद्युत आयोजनामा प्राइम बैंकले ऋण लगानी गर्ने
काठमाडौं । हिमालयन इन्जिनियरिङ्ग एण्ड इनर्जीद्धारा प्रवर्द्धन गरिएको २ मेगावाट क्षमताको अरुण खोला दुई जलविद्युत आयोजनामा प्राइम कमर्सियल बैंकले ऋण लगानी गर्ने भएको छ ।
सोमबार बैंक र इनर्जीका प्रतिनिधिबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकका तर्फबाट डेपुटी जनरल म्यानेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओमप्रसद भट्टराईले हस्ताक्षर गरे ।
यस परियोजनाको अनुमानित लागत ४८ करोड ६४ लाख रुपैंया रहने अनुमान गरिएको छ । जसमध्ये बैंकले ३० करोड र बाँकी लागत प्रवर्द्धन कम्पनीहरुबाट जुटाइने आयोजनाले जनाएको छ ।
उक्त आयोजनाबाट सुख्खायाममा ४.८६४ मेगावाट र वर्षायाममा ८.३१९ मेगावाट विद्युत उत्पादन हुने जनाइएको छ । आयोजना पन्ध्र महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।


