दीपेन्द्रको कप्तानीमा यूएईसँगको टी-२० आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा

No ads found for this position
No ads found for this position

काठमाडौं । यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा आज नेपाली टोलीको घोषणा गरेको हो।

खेल आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने छ । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् ।

यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका छन् । मल्लले टी-२० विश्वकप एसिया छनोटमा पछिल्लोपटक खेलेका थिए । साउदले सन् २०२२ मा केन्याविरुद्ध खेलेका थिए ।

यस्तै सन्तोष यादव र हेमन्त धामी पनि टी-२०आई टोलीमा स्थान बनाएका छन् । दुवैले डेब्यू गर्न बाँकी छ ।

यूएईसँग खेल्ने नेपालको टोलीः

दीपेन्द्र सिंह ऐरी(कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, वसिर अहमद, गुल्सन झा, लोकेश बम, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम र शेर मल्ल

वैकल्पिक खेलाडीः

नारायण जोशी, प्रतिश जिसी र रासिद खान



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *