सरकारले ४ देशका लागि पुनः श्रम स्वीकृति खुलायो
No ads found for this position
No ads found for this position
काठमाडौं। सरकारले बहराइन, इजरायल, कुवेत, र लेबनानकालागि पुनः श्रम स्वीकृति खुला गरेको छ। इजरायल–अमेरिका–इरानबीचको तनावका कारण सरकारले ती देशसहित पश्चिम एसिया र खाडी मुलुकहरूको श्रम स्वीकृति स्थगन गरिएको थियो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत चैत ३१ गतेको मन्त्रीस्तरीय निर्णयले यी ४ देशमा पुन: श्रम स्वीकृति खुला गरेको हो ।
इरानले अमेरिकी सैन्य बेसलाई लक्षित गरी आक्रमण गरेपछि उत्पन्न सुरक्षा जोखिमका कारण नेपालले अस्थायी रूपमा श्रम स्वीकृति रोकेको थियो।
प्रतिक्रिया


