निर्माण क्षेत्रमा अनुचित लेनदेन स्वीकार्य हुँदैन् : रवि सिंह

No ads found for this position
No ads found for this position

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रमा कुनै पनि प्रकारको अनुचित लेनदेन स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

मंगलबार नेपाल निर्माण व्यवसायी महासंघको १३ औं अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले निर्माण कार्यको सम्झौता गर्दा पारदर्शिता कायम गर्ने र समस्या आएमा महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीसमक्ष पुर्‍याएर समाधान खोजिने बताएका हुन् ।

उनले भने, ‘जुनसुकै निर्माण कार्यको सम्झौता गर्दा कुनैपनि अनुचित लेनदेनको कारोबार नगर्ने, त्यस्तो किसिमको कुनै समस्या आयो भने सिधै महासंघमार्फत भौतिक पूर्वाधार मन्त्रीज्यू समक्ष पुगेर समस्याहरुको उजागर गर्ने र समस्याको सम्बोधन गर्ने आश्वस्त बनाउनु भएको छ । त्यही अनुरुप सरकारसँग सहकार्य गरेर सरकारको लक्ष्य प्राप्तिको लागि निर्माण व्यवसायी महासंघ र निर्माण उद्योगीहरु सरकारसँग सहकार्य गरेर अगाडि बढने कुरामा अत्यन्तै उत्साही छौं । यो कुरा मन्त्रीज्यूसँग भनिसकेका छौं ।’

यस्तै, उनले सार्वजनिक खरिद ऐनलगायत विद्यमान कानुनहरूले पूर्वाधार क्षेत्रलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको उल्लेख गर्दै ती कानुन संशोधन गरी छाता ऐन ल्याउन सरकारसँग आग्रह गरिएको पनि बताए ।

‘लामो समयपछि मुलुकले ऐन, कानुन, नियमलाई देखाएर जसरी कर्मचारीतन्त्रले हाम्रो कामहरुलाई अवरोध गर्छ । त्यो समस्याको सम्बोधन गर्दै सार्वजनिक खरिद ऐनलगायत जतिपनि ऐनहरुले पूर्वाधार क्षेत्रलाई चलायनमान गर्न सक्दैन त्यसलाई संशोधन गर्न छाता ऐन बनाउन हामीले अनुरोध गरेका छौ,’ उनले भने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *