सेयर बजार ८ महिनाकै उच्च अंकमा, १४ अर्ब ८३ करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से करिब ८ महिनाकै उच्च अंकमा पुगेको छ । यसदिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा अडिएको छ। अघिल्लो दिन सोमबार नेप्से परिसूचक ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको थियो। सो दिन १५ अर्ब ७८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार नेप्से परिसूचक ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेको थियो। सो दिन २३ अर्ब माथिको सेयर कारोबार भएको थियो।
यसदिन ३४१ स्क्रिप्सको ३ करोड ५८ लाख २२ लाख १९१ कित्ता सेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १३६ वटा स्टक्सको मूल्य बढ्दा ११७ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो।
तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सालपा विकास बैंक,रिलायन्स स्पिनिङ मिल्स,सोलु हाइड्रोपावरको सेयर १० प्रतिशतले बढ्यो। हिमालयन पावर पार्टनर र भुजुङ्ग हाइड्रोपावरको सेयर ९.९८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६७ करोड मूल्य बराबरको सेयर कारोबार भयो। अपी पावरले ५७ करोडको सेयर कारोबार गर्दा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट लि प्रोमोटर ४५ करोड,नगदी ग्रुपले ४१ करोड र शिवम् सिमेन्टको ३९ करोड मूल्य बराबरको कारोबार गरे।
आठ समूहको उपसूचक बढ्दा ५ समूहको उपसूचक नकारात्मक देखिए। यसदिन ट्रेडि समूहको उपसूचक सर्वाधिक ९.१२ प्रतिशतले बढ्यो।


